पात्रो

रेडियो

समाचार खोजी

यो सरकार अशफल बने काँग्रेस र एमाले दुवैलाई घाटा हुन्छ

साझा अर्थ संवाददाता २६ भदौ २०८१, बुधवार

दोलखाः युवा खेलकुद मन्त्री तेजुलाल चौधरीले वर्तमान सरकार असफल भए काँग्रेस र एमाले दुबैलाई घाटा हुने बताउनु भएको छ । मन्त्री चौधरीले मंगलवार सदरमुकाम चरिकोटमा अयोजित पत्रकार भेटघाट कार्यक्रममा सो कुरा बताउनु भएको हो । 
“देशका ठूला राजनैतिक दलहरु मिलेर बनाएको यो सरकार असफल भए दुवैलाई घाटा हुन्छ ” मन्त्री चौधरीले भन्नु भयो, “ यो सरकार तलमाथी हुँदैन ।”
संविधान संशोधन कहिले हुन्छ भन्ने पत्रकारहरुद्वारा सोधिएको प्रश्नको जवाद दिँदै मन्त्री चौधरीले अहिले सम्म नेताहरुको भाषणमा मात्रै आएको तर यस विषयमा कुनै काम अहिले सम्म नभएको बताउनुभयो । किर्तिपुर क्रिकेट मैदानको स्तरोन्नतिको काम बेलैमा सम्पन्न हुने तथा दोलखामा निर्माणाधिन भीमेश्वर ंरंगशालाको निर्माणमा आफूले सहयोग गर्न पहल गर्ने मन्त्री चौधरीले उक्त अवसरमा बताउनु भएको थियो । 
स्वर्गीय नेता भीमबहादुर तामाङको स्मृतिमा नेपाल विद्यार्थी संघ दोलखाले आयोजना गरेको फूट्बल प्रतियोगिताको उद्घाटन गर्न मन्त्री चौधरी दोलखा आउनु भएको थियो ।

306 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु