काठमाडौैः युवा लगानीकर्ता आदित्य शिवाकोटी नोजा अनर अवार्ड २०८२ बाट सम्मानित हुनु भएको छ । उहाँलाई राष्ट्रिय अनलाई पत्रकार संघ(नोजा) ले सो अवार्डबाट सम्मानित गरेको हो ।
शुक्रवार काठमाडौैमा आयोजित राष्ट्रिय अनलाई पत्रकार संघको ११ औं वार्षिकोत्सवको अवसरमा शिवाकोटीलाई सम्मानित गरिएको नोजाले जनाएको छ । युवा लगानी कर्ता शिवाकोटी पूँजिबजार सूधारको क्षेत्रमा सक्रिय हुनुहुन्छ साथै पूँजि बजार क्षेत्र बारेमा वित्तीय साक्षरता बृद्धी गर्न काम गरिरहनु भएको छ । शिवाकोटीलाई नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर चिरञ्जिवी नेपालले सम्मान पत्र हस्तान्तरण गर्नु भएको थियो ।