पात्रो

रेडियो

समाचार खोजी

बाणिज्य बैंकहरुले साउनकालागि घटाए ब्यक्तिगत निक्षेपमा ब्याजदर

साझा अर्थ संवाददाता ३१ असार २०८१, सोमवार

काठमाडौंः वाणिज्य बैंकहरूल निक्षेपको ब्याजदर थप घटाएका छन् । बैंकहरुले आगामी साउन महिनाका लागि पनि ब्याजदर घटाएका हुन् । 
सञ्चालनमा रहेका २० मध्ये १२ बैंकहरुले ले घटाएका छन् भने तीनवटाले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएका छन्  । बाँकी ५ बैंकको ब्याजदर स्थिर रहेको छ । असारमा बैंकहरुले व्यक्तिगत मुद्दतीमा दिएको औसत ब्याजदर ६.९० प्रतिशत रहेकोमा साउनमा घटेर ६. ७३ प्रतिशतमा झरेको छ ।  सार्वजनिक सूचनामार्फत बैंकहरूले ब्याजदरसम्बन्धी सो जानकारी गराएका हुन् ।
असारको तुलनामा साउनमा कृषि विकास बैंक, एभरेष्ट र कुमारी बैंकले ब्याजदर केही बढाएका छन् भने  नेपाल एसबीआई, लक्ष्मी सनराइज, नबिल, नेपाल इन्भेस्टमेन्ट मेगा र स्टान्डर्ड चार्टर्डले ब्याजदर स्थिर राखेको पाइएको छ । 
यस्तो छ बैंकहरुले श्रावणकालागि कायम गरेको ब्याजदर :

256 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ