पात्रो

रेडियो

समाचार खोजी

नेपाली महिला क्रिकेट टिमले आज मलेसियाविरुद्धको पहिलो खेल खेल्दै

साझा अर्थ संवाददाता १६ असोज २०८२, बिहिवार

काठमाडौं :नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आजदेखि मलेसयासँग पाँच खेलको टी-२० सिरिज खेल्दैछ । 

नेपालले मलेसियासँग पहिलो खेल आज खेल्दैछ । आजको खेल नेपाली समय अनुसार दिउसो ४: १५ बजेदेखि शुरु हुदैछ ।

त्यस्तै दोस्रो खेल ४ अक्टोबर, तेस्रो खेल ५ अक्टोबर, चौथो खेल ७ अक्टोबर र पाँचौं खेल ८ अक्टोबरमा हुने तालिका रहेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ ।

जसमा पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, सीता राना मगर, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोधा विस्ट, साबित्री धाम र कविता कुँवर रहेका छन् ।

122 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ