काठमाडौं । श्री एयरलाइन्सले काठमाडौं पोखरा उडानको लागि एउटा टिकेट किन्दा अर्को सित्तैमा पाइने अफर ल्याएको छ ।
मानन्धरका अनुसार यस्तो अफर उक्त अवधिभित्र काठमाडौंबाट पोखरा जाने वा पोखराबाट काठमाडौं फर्कने टिकेटमा पाइने भएको छ ।
श्री एयरलाइन्सका अनुसार पोखराको गन्तव्यको प्रवद्र्धन गर्न श्री एयरलाइन्सले उक्त टिकेट अफर ल्याएको हो । यो अफरका लागि यात्रुले सिस्टमा पाइने जुनसुकै टिकेटको खरिदमा पनि पोखराको लागि वा पोखराबाट काठमाडौं फर्कदाको लागि अर्को एउटा पाइउने भएका छन् ।
दशैंको सुवात भइनसकेकोले गन्तव्यको प्रवद्र्धसँगै बजारीकरणका लागि पनि श्रीले यस्तो अफर ल्याएको उल्लेख छ । श्री एयरलाइन्सको अनुसार काठमाडौं पोखरा हाल ३ वटा उडान हुँदै आएको छ । यस्तो उडान आवश्यकता अनुसार ४ देखि ५ वटासम्म पनि हुने भएको छ ।
साझा अर्थ संवाददाता