पात्रो

रेडियो

समाचार खोजी

बीएन्डसीलाई एमबीबीएस पढाउन स्वीकृति

साझा अर्थ संवाददाता २२ भदौ २०८१, शनिवार

काठमाडौं: बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले एमबीबीएस पढाउनकालागि स्वीकृृत पाएको छ । चिकित्सा शिक्षा आयोगबाट चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस)मा ५० जना विद्यार्थी अध्यापन गराउ मेडिकल कलजेजले औपचारिक स्वीकृति पाएको हो । 
आयोगबाट पहिलोपल्ट यसै शैक्षिक वर्षमा ५० जना विद्यार्थी पढाउन पाउनेगरी सिट निर्धारण भएको कलेजले बताउको छ । आयोगले शुक्रबार नै सिट निर्धारणबारेमा सार्वजनिक सूचना जारी गरिसकेको छ । विर्तामोड नगरपालिका वडा नं. ५ विर्तामोडमा चिकित्साशास्त्रको स्नातक तहमा अध्यापन गराउने उद्देश्यले विसं २०७१ फागुन १८ गतेदेखि ३०० शैयाको अस्पतालसहित बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालि सञ्चालनमा आएको थियो । कलेज लाई लामोसमयसम्म विभिन्न विवादका कारण विद्यार्थी पढाउन स्वीकृती नमिले पछि । मुद्दा सर्वोच्चमा पुगेको थियो । सर्वोच्च अदालतले २०८० चैत्र १३ गते बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि परमादेश जारी गरेको थियो । सोही परमादेशका आधारमा काठमाडौं युनिभर्सिटीले सम्बन्धन प्रदान गरेको हो ।

226 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता