पात्रो

रेडियो

समाचार खोजी

धुलिखेल -खावा सडकखण्ड मर्मत गर्न दुई दिन टिपर र मालबाहक सवारीसाधन सञ्चालन गर्न प्रतिबन्ध

साझा अर्थ संवाददाता १९ भदौ २०८१, बुधवार

अरनिको राजमार्ग अन्तर्गत धुलिखेल -खावा सडकखण्ड मर्मत हुने भएको छ । सो सडकखण्ड मर्मत गर्न दुई दिन टिपर र मालबाहक सवारीसाधन सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ 

सडक डिभिजन कार्यालय भक्तपुरले २० र २१ भदौमा टिपर र मालबाहक गाडी सञ्चालनमा रोक लगाएर सडक मर्मत गर्न लागेको हो । निर्माणाधिन धुलिखेल(खावा सडकखण्ड अत्यन्तै जीर्ण भएकोले सडक निर्माणमा सहयोग गर्न सबैसँग सडक डिभिजन कार्यालय भक्तपुरले अनुरोध समेत गरेको छ ।

निमार्ण व्यवसायीको लापरबाहीका कारण बर्खाको समयमा सडक जीर्ण भएर काठमाडौंबाट काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र चीन जोड्ने तातोपानी नाका जाने प्रमुख सडक जोखिमपूर्ण छ । जसका कारण  यात्रुहरू जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

 

385 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ