पात्रो

रेडियो

समाचार खोजी

तरलता ब्यवस्थापन गर्न बजारबाट ५० अर्ब झिक्दै राष्ट्र बैंक

साझा अर्थ संवाददाता ११ साउन २०८२, आइतवार

काठमाण्डौः  नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ झिक्ने भएको छ । बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि तरलता ब्यवस्थपान गर्नकालागि राष्ट्र बैंकले अल्पकालिन उपकरण उपकरण निक्षेप संकलन मार्फत सो रकम  बजारबाट झिक्न  अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेबाट बोलकबोल गर्न सकिने राष्ट्र बैंकल जनाएको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ तथा बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । यसको साँवा तथा ब्याज भुक्तानी भदौ ८ गते हुने राष्ट्रबैंकले जनाएको छ । निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने राष्ट्र बैंकले जनाएको छ । 

152 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्