सानिमा बैंकले फोनपेसँगको सहकार्यमा अन्तरबैंक टेलर QR कारोबार सेवा सुरु गरेको छ।
यो सेवाबाट ग्राहकहरूले फोनपे नेटवर्कमा आबद्ध अन्य बैंकहरूको मोबाइल एप प्रयोग गरी सानिमा बैंकका शाखाबाट सहजै रकम झिक्न सक्नेछन्।
सानिमा बैंकले देशभर १३४ वटा शाखा र १२७ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ, र नयाँ सेवा अन्य भुक्तानी कार्यहरूमा पनि उपयोगी हुने बताइएको छ।
काठमाडौः डिजिटल बैंकिङ्ग प्रबिधिको नयाँ अनुभव महसुस गरी ग्राहकहरुलाई सहज र सरल रुपमा सुबिधा दिने उद्देश्य लिई सानिमा बैंकले फोनपेसंगको सहकार्यमा अन्तरबैंक टेलर QR कारोबार सेवा सञ्चालनमा ल्याएको छ।
यस सेवाअन्तर्गत ग्राहकहरुले फोनपे नेटवर्कमा आबद्ध अन्य बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी सानिमा बैंकको कुनै पनि शाखाबाट रकम झिक्नस किनेछ। यो सेवाले दुर्गम स्थानका शाखामा सिमित एटिएम पहुँच भएका ग्राहकहरूलाई आपतकालीन अवस्थामा रकम झिक्न सहयोग गर्नेछ । साथै, अन्य सेवाशुल्क जस्तै अनलाइन शुल्क/FCY सटही भुक्तानीका लागि पनि उपयोगी हुनेछ।
सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा ए.टि.एम.हरु संचालनमा रहेका छन् ।