पात्रो

रेडियो

समाचार खोजी

दसैंंमा नयाँ नोट साट्न नपाइने

साझा अर्थ संवाददाता १८ भदौ २०८१, मङ्गलवार

यसपालिको दसैंंमा नयाँ नोट साट्न नपाइने भएको छ। हरेक वर्ष चाडपर्व लक्षित नयाँ नोट वितरण गर्दै आएको नेपाल राष्ट्र बैंकले यस पटक सुकिला नोट मात्रै चल्तीमा ल्याउने भएको हो। 

 यस पटकको दसैं लक्षित नयाँ नोट वितरण नगर्ने निर्णय भएको राष्ट्र बैंकका सह–प्रवक्ता डा. डिल्लीराम पोखरेलले बताए। डिजिटल कारोबारलाई प्रोत्साहन गर्न र नोट छपाइ खर्च कम गर्ने यस्तो निर्णय गरिएको राष्ट्र बैंक सह–प्रवक्ता पोखरेलले बताए । आवश्यक हुनेलाई राष्ट्र बैंकले बजारबाट फिर्ता आएकामध्येबाट सुकिला नोट दसैंमा वितरण गरिने उनको भनाई छ । 
 
राष्ट्र बैंकले यस पटकदेखि दसैंमा नयाँ नोट सटही चलन बन्द गरेसँगै आगामी वर्षमा समेत यसले निरन्तरता पोउने उनको भनाई छ  

विगतमा राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय र प्रतिबैंक ६ करोड १० लाख रुपैयाँ ५, १०, २०, ५० र सय रुपैयाँका नोट सटही सुविधा दिन्थ्यो। साथै, नयाँ नोटसँगै राष्ट्र बैंकले सुकिला नोटलाई पनि सटही सुविधा दिने गरेको छ।

सुकिला नोट सटहीलाई साना र ठूला दरको सीमा तोकेर सटही सुविधा दिन सकिने उनले बताए।

 

427 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ