काठमाडौं, २ असारः मकरी गाड हाइड्रोपावर लिमिटेडको विशेष साधारण सभा असार १८ गते बस्ने भएको छ । कम्पनीको आइपीओ जारी गर्ने लगायतका विषयमा निर्णय गर्न विशेष साधारण सभा बस्ने भएको हो ।
साधारण सभा कम्पनीको रजिष्ट्रार्ड कार्यालय, नारायणगोपाल चोक, महाराजगञ्ज, काठमाडौंमा साझ ५ बजे बस्नेंछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने र साधारण सेयर बिक्री पश्चात प्राप्त हुने पुँजी उपयोग गर्ने सम्बन्धमा छलफल गर्ने बताइएको छ । कम्पनीको अधिकृत र जारी पुँजी वृद्धि गर्ने सम्बन्धमा पनि छलफल हुने सञ्चालनक समितिले जनाएको छ ।
साझा अर्थ संवाददाता