पात्रो

रेडियो

समाचार खोजी

भोजपुरको देउराली–भङ्गेरी–पालुवा–गुम्बा सडक स्तरोन्नति

साझा अर्थ संवाददाता २१ जेठ २०८२, बुधवार

भोजपुर, २१ जेठ : जिल्लाको देउराली–भङ्गेरी–पालुवा–गुम्बा सडक स्तरोन्नति गरिएको छ । एक करोड ७० लाख लागतमा तीन खण्डमा सडक स्तरोन्नति गरिएको हो ।    
    
भोजपुर नगरपालिका–६ का वडाध्यक्ष शैलेन्द्र कार्कीका अनुसार वडाको प्रयासमा धनकुटास्थित सघन सहरी कार्यालयको रु एक करोड, केन्द्र सरकारको रु ६० लाख र प्रदेश सरकारबाट प्राप्त रु १० लाखमा नौ किलोमिटर देउराली–भङ्गेरी–पालुवा–गुम्बा सडक स्तरोन्नति भएको छ । अब यो सडकमा सहज रूपमा बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सकिने छ ।    
    
“देउराली–भङ्गेरी–पालुवा–सडकखण्डको स्तरोन्नति गरेका छौँ”, वडाध्यक्ष कार्कीले भन्नुभयो । यो भोजपुर सदरमुकामलाई रामप्रसादराई गाउँपालिका र टेम्केमैयुङ गाउँपालिकालाई जोड्ने सबैभन्दा छोटो सडक हो । वडामा सानाठूला गरी १७ वटा सडक रहेकामा सबैको स्तरोन्नति गरिएकाले स्थानीयका घरसम्म एम्बुलेन्सलागयत अत्यावश्यक सवारीसाधन पुग्नसक्ने बनाइएको छ ।    रासस

86 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्