पात्रो

रेडियो

समाचार खोजी

नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्बिर राख्न सूर्य थापाको माग

साझा अर्थ संवाददाता १९ जेठ २०८२, सोमवार

काठमाडौंः नेकपा (एमाले) का सांसद सूर्य थापाले नेपाली रुपैयाँमा राष्ट्रनिर्माता राखन माग गर्नु एको छ । सोमबार अर्थ समितिको बैठकमा उहाँले सो माग राख्नु भएको हो । 
संसदको अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित ऐन संशोधन गर्ने विधेयक छलफलका क्रममा थापाले सो माग राख्नु भयो । थापाले आफू राजावादी नभए पनि, नेपाललाई एकीकरण गर्ने ऐतिहासिक व्यक्तित्वको तस्बिर नोटमा हुनुपर्छ भन्नेमा जोड दिनुभयो । नोटमा शाहकोे तस्बिर राख्दा  नोटको इज्जत बढ्ने उहाँको भनाई थियो । थापाले नोटमा गौतम बुद्धको तस्बिर पनि राखनु पर्ने बताउनु भयो । यसले नेपाली मुद्राको महत्व र गौरव बढाउने उहाँको भनार्य रहेको थियो । हाल नेपाली नोटहरुमा राष्ट्रिय चिन्ह, प्राकृतिक सम्पदा, र ऐतिहासिक स्थलहरूको तस्बिर रहेको छ ।

190 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्