१८ जेठ, काठमाडौं । कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर रायलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले नेपाल-भारत सीमाना नजिकै बेलहीया नाकाबाट शनिबार पक्राउ गरेको छ । उनलाई म्याद थपका लागि बाँके लगिँदै छ ।
रायमाथि बैंकबाट ४ अर्ब ९० करोड रुपैयाँ अपचलन गरेको आरोप छ । यसअघि बैंकको आन्तरिक छानबिनले पूर्व प्रमुख कार्यकारी अधिकारी दिनेशकुमार रावत, वित्त विभाग प्रमुख बेदप्रकाश ठकुरी र निरजविक्रम शाहलाई पनि घाटामा संलग्न देखाएको थियो । अनुसन्धान बढ्दै जाँदा राय फरार भएका थिए । हाल बैंक राष्ट्र बैंकको नियन्त्रणमा छ ।
साझा अर्थ संवाददाता