पात्रो

रेडियो

समाचार खोजी

न्युजिल्याण्डका उपप्रधानमन्त्री आज आउँदै

साझा अर्थ संवाददाता १४ जेठ २०८२, बुधवार


काठमाडौँ, १४ जेठ : न्युजिल्याण्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन पिटर्स नेपालको दुईदिने औपचारिक भ्रमणमा आज अपराह्न काठमाडौँ आउँदै हुनुहुन्छ ।  

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग आजै उहाँले छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, न्युजिल्याण्डका उपप्रधानमन्त्रीले आजै साँझ परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग द्विपक्षीय भेटवार्ता गर्नुहुने छ । भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलन हुने र उहाँको सम्मानमा परराष्ट्रमन्त्री डा राणाले रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ । न्युजिल्याण्डका उपप्रधानमन्त्री पिटर्सको यो पहिलो नेपाल भ्रमण हो ।

140 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु