पात्रो

रेडियो

समाचार खोजी

प्रतिनिधिसभा बैठक स्थगित

साझा अर्थ संवाददाता १३ जेठ २०८२, मङ्गलवार

काठमाडौंः प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका विपक्षी दलहरूले सदनमा अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको हो । 
बैठक सुचारु हुन नसकेपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेको घोषणा गर्नु भयो । बैठकमा रास्वपा सांसदहरूले गृहमन्त्री लेखकको तत्काल राजीनामा माग गर्दै नाराबाजी गरेका थिए । यसअघि विपक्षी दलहरूले सरकारका विभिन्न मुद्दामा असन्तुष्टि जनाउँदै संसदीय कार्यविधिमा अवरोध गर्ने बताएका थिए ।

115 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु