काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेड (SMH) ले आफ्ना सेयरधनीहरूलाई ७% बोनस सेयर वितरण गरेको छ। कम्पनीले बोनस सेयरहरू सिधै सेयरधनीहरूको डिम्याट खातामा जम्मा गरिसकेको छ भने अझै डिम्याटरियलाइज नगरिएका सेयरहरू यथाशीघ्र प्रक्रियामा ल्याउन आग्रह गरेको छ।
कम्पनीले मंसिर २८ गते सम्पन्न १०औं वार्षिक साधारणसभाबाट आ.व. २०८०/८१ का लागि १२.६३% लाभांश पारित गरेको थियो। यसमध्ये ७% बोनस सेयर र ५.६३% नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय भएको थियो। कम्पनीको चुक्तापूँजी ५० करोड रुपैयाँ रहेको छ, जसअनुसार ७% बोनस सेयरको रकम ३.५० करोड रुपैयाँ तथा नगद लाभांशको रकम २.८१ करोड रुपैयाँ रहेको छ।
सुपरमाई हाइड्रोपावरले सेयरधनीहरूलाई आफ्नो बैंक विवरण डिम्याट खातामा अद्यावधिक गर्न अनुरोध गरेको छ। यदि बैंक विवरण अद्यावधिक नगरिएको अवस्थामा बोनस सेयर तथा नगद लाभांश प्राप्त गर्न समस्या हुन सक्ने कम्पनीले जनाएको छ।
साथै, कम्पनीका बोनस सेयरहरू नेपाल स्टक एक्सचेन्ज (NEPSE) मा सूचीकृत भइसकेका छन्।
साझा अर्थ संवाददाता