अस्ट्रेलियामाथि सानदार जित निकाल्दै भारत सेमिफाइनलमा
असार ११ – भारत आइसिसी टी–२० विश्वकप २०२४ सेमिफाइनलमा पुगेको छ। सोमबार वेस्ट इन्डिजको सेन्ट लुसियामा भएको सुपर–८ को खेलमा अस्ट्रेलियामाथि २४ रनको जित निकाल्दै भारतले अन्तिम चारमा स्थान पक्का गरेको हो। अस्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारतले कप्तान तथा ओपनर रोहित शर्माको उत्कृष्ट प्रदर्शनमा ५ विकेटको क्षतिमा २०५ रनमा जोड्यो। रोहितले ४१ बलमा ७ चौका र ८ छक्काको मद्दतमा ९२ रन जोडे।
अर्का ओपनर विराट कोहली शून्यमा आउट भए पनि रोहितको ब्याटिङले भारतले राम्रो स्कोर खडा गर्यो। रोहितबाहेक भारतका लागि सूर्यकुमार यादवले १६ बलमा ३१ रन, शिवम् दुवेले २२ बलमा २८ रन र हार्दिक पाण्ड्याले १७ बलमा नटआउट २७ रन बनाउँदा भारतले २ सय रन कटायो। बलिङमा अस्ट्रेलियाका मिचेल मार्स र मार्कस स्टोइनिसले २–२ विकेट लिए।
२०६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ७ विकेटको क्षतिमा १८१ रन जोड्यो। उसका ओपनर डेभिड वार्नर ७ रनमा अर्शदिप सिंहको बलमा कुलदिप यादवबाट समातिए। अर्का ओपनर ट्राभिस हेडले ४३ बलमा ९ चौका र ४ छक्काको मद्दतमा जोडेको ७६ रन जितका लागि पर्याप्त हुन सकेन। उनी १७औं ओभरमा जसप्रित बुमराहको बलमा क्याच भएपछि अस्ट्रेलियामाथि दबाब परेको थियो।
कप्तान मिचेल मार्सले २८ बलमा ३७ रन जोड्दा अरु ब्याटर चल्न सकेनन्। बलिङमा भारतका अर्शदिप सिंहले ३ विकेट लिँदा कुलदिप यादवले २ विकेट हात पार्न सफल भए। सुपर–८ को समूह–१ मा भारतले तीनै खेलमा जित निकालेको छ। यसअघि उसले अफगानिस्तान र बंगलादेशलाई हराएको थियो।
यता हारपछि अस्ट्रेलियाको सेमिफाइनल सम्भावना झिनो भएको छ। २ अंक जोडेर दोस्रो स्थानमा रहेको अस्ट्रेलिया अन्तिम चारमा पुग्न अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गर्नु पर्ने हुन्छ। अफगानिस्तानले जिते वा खेलमा अंक बाढिए अस्ट्रेलिया बाहिरिनेछ। अस्ट्रेलियाले बंगलादेशलाई हराउँदा अफगानिस्तानसँग पराजित भएको थियो।
140
Sharesसम्बन्धित समाचार
पछिल्लो खबर
-
बीटीएस टावरमा क्षति पुग्दा हुम्लाका विभिन्न स्थानमा टेलिकमको सेवा अवरुद्ध
-
साना उद्यमीका उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्न “ग्लोबल हाट बजार”
-
सेना र प्रहरीको अस्पताल सर्वसाधारणका लागि खुलाउने स्वास्थ्य मन्त्री पौडेलले थाले पहल
-
बेरूजु फर्छ्योटका काममा गति दिने लेखा समिति निर्णय
-
नेपाल समुद्रपार निकासी पैठारी संघको अध्यक्षमा शिवकुमार अग्रवाल
-
२८.९१ अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो