पात्रो

रेडियो

समाचार खोजी

टी– २० विश्वकप : अफगानिस्तान सेमिफाइनलमा

साझा अर्थ संवाददाता ११ असार २०८१, मङ्गलवार

असार ११ – आईसीसी विश्वकप टी–२० क्रिकेटमा अफगानिस्ता सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको सुपर–८ को अन्तिम खेलमा बंगलादेशलाई ८ रनले पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा पुगेको हो ।

अफगानिस्तानले दिएको ११६ रनको लक्ष्य पछ्याएको बंगलादेशले १७ ओभर ४ बलमा अल आउट हुदै १०५ रन बनाएको थियो । वर्षाले प्रभावित भएको खेलमा बंगलादेशले १९ ओभरमा ११४ रनको लक्ष्य पाएको थियो ।

अब अफगानिस्तानले सेमिफाइनलमा दक्षिण अफ्रिकाको सामना गर्ने छ । यो खेल बिहीबार बिहान सवा ६ बजे सुरु हुनेछ ।

त्यस्तै अर्को सेमिफाइनलमा भारत र इंग्ल्याण्ड खेल्ने छन् । यो खेल बिहीबार राती सवा ८ बजे सुरु हुनेछ ।

अस्ट्रेलिया र बंगलादेश भने विश्वकप प्रतियोगिताबाट बाहिरिएका छन् ।

214 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ