पात्रो

रेडियो

समाचार खोजी

मिथिला लघुवित्तको नाफा ६० प्रतिशत बढ्यो

गत आव ०८०/८१ मा ४ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको छ

साझा अर्थ संवाददाता २५ साउन २०८१, शुक्रवार

मिथिला लघुवित्त वित्तीय संस्थाको अघिल्लो आवको तुलनामा ६०.८४ प्रतिशतले बढेको छ । शुक्रबार प्रकाशित गरेको परिष्कृत वित्तीय विवरण अनुसार  गत आव ०८०/८१ मा ४ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने कम्पनीले २ करोड ९५ लाख ५९ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । 


कम्पनीले समीक्षा अवधिसम्ममा १४ करोड ७४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ५६।०२ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ९ करोड ४४ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।  


  कम्पनीको रिजर्भ कोषमा १२ करोड ७८ लाख रुपैयाँ  सञ्चित छ । समीक्षा अवधिसम्ममा कम्पनीले निक्षेप संलकन १ अर्ब ४ करोड गरेर २ अर्ब ७५ करोड रुपैयाँ कर्जा प्रवाह  रहेको छ ।  अघिल्लो आवको चौथो त्रैमाससम्ममा ४.७८ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ३.३९ प्रतिशतमा झरेको छ ।


त्यस्तै कम्पनीको प्रतिशेयर आम्दानी २४.२६ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १६५.२२ रुपैयाँ छ । यसैगरी कम्पनीको मूल्य आम्दानी अनुपात ५६.८५ गुणा र तरलता अनुपात ७.०९ प्रतिशत छ । कम्पनीको चुक्तापूँजी १९ करोड ६० लाख २ हजार रुपैयाँ छ ।

 

259 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ