बागमती प्रदेश सरकारले गाईभैँसीमा लाग्ने संक्रामक रोग लम्मी विरुद्ध शुक्रबारबाट अभियान सुरु गरेको छ । साता व्यापी रुपमा चल्ने अभियानको प्रदेशका कृषी तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले उद्घान गरेका छन् । प्रदेशका ७६ हजार दुई सय ७५ गाईभैंसीमा खोप लगाउने लक्ष्य राखिएको छ । गत आवमा लम्पी स्कीनबाट बागमती प्रदेशमा ११ हजार बढी गाईभैंसीको मृत्यु भएको थियो ।
प्रदेश सरकारले ३१ साउनसम्म प्रदेशका १३ वटै जिल्लामा अभियानका रुपमा खोप कार्यक्रम सञ्चालन गर्दैछ । ६२ हजार नौ सय ७५ डोज खोप लगाउने तयारी गरेको प्रदेश सरकारले १३ जिल्लाका लागि तीन सय ७६ जना भ्याक्सिनेटर परिचालन गरेको जनाएको छ ।
मन्त्रालयले मकवानपुरका लागि सात हजार पाँच सय डोज खोप लगाउन ६२ भक्सिनेटर, ललितपुरका लागि आठ हजार तीन सय २५ डोज खोप लगाउन ५४ भक्सिनेटर, नुवाकोटका लागि ११ हजार डोज खोप लगाउन २५ भक्सिनेटर, धादिङका लागि ६ हजार नौ सय डोज खोप लगाउन ४२ भक्सिनेटर, चितवनका लागि ८ हजार डोज खोप लगाउन १३ भक्सिनेटर, दोलखाका लागि पाँच हजार डोज खोप लगाउन २५ भक्सिनेटर, काभ्रेका लागि ८ हजार डोज खोप लगाउन ९५ भक्सिनेटर, सिन्धुलीका लागि ८ हजार २५० डोज खोप लगाउन ६० भक्सिनेटर सम्बन्धीत पशु सेवा कार्यालयहरुबाट नियुक्त गरिएको छ ।
साझा अर्थ संवाददाता