पात्रो

रेडियो

समाचार खोजी

हेलिकप्टर दुर्घटनामा मृत्युहुने पाँचमध्ये चारजना चिनियाँ नागरिक

साझा अर्थ संवाददाता २३ साउन २०८१, बुधवार

काठमाडौँ: एयर डाइनेस्टीको कल साइन ९ एन-एजेडी हेलिकप्टर दुर्घटनामा पाइलटसहित पाँचजनाको मुत्यु भएको छ । आज दिउँसो १ः५४ बजे भक्तपुरको नलिन्चोकबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडान भरेको हेलिकप्टर दिउँसो २ः१४ बजे नुवाकोटको शिवपुरी गाउँपालिका-७ स्थित सूर्यचौरमा दुर्घटनाग्रस्त भएको थियो । 
हेलिकप्टर दुर्घटनामा परी पाइलट अरुण मल्लसहित चार चिनियाँ नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा तीन पुरुष र एक महिला चिनिया नागरिक रहका छन् ।  नेपाल नागरिक उड््डयन प्राधिकरणका अनुसार मृत्यु हुनेमा पाइलट मल्ल र चिनियाँ नागरिकहरू जुताड ताङ, ताइ ली, यीयाम वु र जेमिङ जी रहनुभएको छ । सो दुर्घटनामा परी मृत्यु भएका मृतकहरुको शव सङ्कलन भई शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौँ ल्याउने तयारी भईरहेको  प्राधिकरणले जनाएको छ ।

196 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता