पात्रो

रेडियो

समाचार खोजी

आज देशभर वर्षा हुने, सतर्क रहन विभागको आग्रह

साझा अर्थ संवाददाता २२ साउन २०८१, मङ्गलवार

काठमाडौँः हाल देशका अधिकांश भागमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  आज दिउँसो  कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाई रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको जनाउँदै ती स्थानमा सतर्कता अपनाउन विभागले सबैमा आग्रह गरेको छ । 
आज राति देशभर साधारणतया बदली रहने तथा सबै प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सबै प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना छ । साथै बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एक-दुई स्थानमा  मुसलधारे वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

266 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता