काभ्रेपलाञ्चोकः काभ्रेपलाञ्चोकको पनौतीमा स्थापित पनौति सङ्ग्रहालय एक वर्षमा तीन हजार पाँच सय विदेशी पर्यटकद्वारा अवलोकन गरेको पाइएको छ । संग्रहालयको रेकर्ड अनुसार एक वर्षको अवधिमा सो संख्यामा विदेशी पर्यटकहरुले संग्रहालय अवलोकन गरेको पाइएको हो ।
संग्रहालय पनौतीस्थित इन्द्रेश्वर मन्दिर परिसरमा रहेकाले यहाँ आउने धेरैजसो बाहिरी पर्यटक ले अवलोकन गर्ने गरेका छन् । यो काभ्रे जिल्ला अवस्थित एक मात्र संग्रहालय हो ।
अनुसार अघिल्लो वर्ष करिब चार हजार स्वेदेशी-विदेशी पर्यटकल संग्रहालयको अवलोकन गरेको सङ्ग्रहालय प्रमुख राजेन्द्र महाजूले जानकारी दिनुुभयो । संग्रहालयको अवलोकन गर्न विभिन्न स्थानबाट बर्सेनि सयौँको सङ्ख्या विद्यार्थी पनि आउने गरेको उहाँको भनाई रहेको छ । सङ्ग्रहालयमा अवलोकनका लागि विदेशी र स्वेदेशी पर्यटक तथा विद्यार्थीलाई भने फरकफरक शुल्क तोकिएको छ । करिब १५ वर्षअघि धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्व झल्काउने सामग्री एवं पहिचानका भण्डारका रूपमा सङ्ग्रहालय स्थापना गरिएको थियो ।
सङ्ग्रहालयमा पनौतीको विकास, यहाँका पुराना गतिविधि, मठमन्दिरलगायत उपलब्ध शिलालेखको अवलोकन गर्न पाइन्छ । साथै पुराना सिक्का, कागजी नोट, स्थानीय रूपमा प्रयोग भएका घरायसी वस्तु पनि सङ्ग्रहालयमा राखिएका छन् ।
साझा अर्थ संवाददाता