काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो पटक स्थानीय निर्वाचनमा जित हासिल गरेको छ । काठमाडौं महानगरपालिका वडानम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठ विजयी हुनु भएको छ ।
स्थानीय तहमा यो रास्वपाको पहिलो जीत हो । यसअघिका स्थानीय तह निर्वाचनमा रास्वपा सहभागी थिएन । काँग्रेसले जितेको यो वडामा यो पटक रास्वपाले जितेको छ ।
श्रेष्ठ २९०२ मत सहित विजयी हुनु भएको हो । यसैगरी एमालेका लक्ष्मीरत्न तुलाधरले २२२० मत पाएर दोस्रो हुनु भएको छ भने अघिल्लो निर्वाचनमा विजयी भएको नेपाली कांग्रेस भने तेस्रोमा धकेलिएको छ । कांग्रेसका देवेन्द्र पाठकले २२१४ मत प्राप्त गर्नु भएको छ ।
साझा अर्थ संवाददाता