काठमाडौंः समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको नफामा गिरावट आएको पाइएकोछ । संस्थाले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थाको नाफमा गिरावट आएको पाइएको हो ।
संसथाले सार्वजनिक गरेको अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा मा गिरावट आएको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ५१ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.३४ प्रतिशतले बम हो । अघिल्लो आर्थिक वर्षको सोही मा संस्थाले कुल ७५ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । खुद ब्याज आम्दानी सामान्य रुपमा बढेतापनि सम्भावित जोखिम बापत धेरै रकम व्यवस्था गर्नु परेका कारण लघुवित्तको खुद नाफा घट्न पुगेको बताइएको छ । २ करोड २८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यो लघुवित्तको जगेडा कोषमा २ करोड ९६ लाख रुपैयाँ सञ्चित छ ।
साझा अर्थ संवाददाता