काठमाडाै: प्रधानमन्त्री केपी शर्मा ओलीले अपरान्ह तीन बजे समिक्षा बैठकको आह्वान गर्नु भएको छ । सरकारका कामको समीक्षा गर्नका लागि मन्त्री र सचिवहरुको बैठक प्रधानमन्त्रीले आह्वान गर्नु भएको हो ।
सरकारका कामको त्रैमाशिक समीक्षाकालागि मन्त्री र मन्त्रालयका सचिवसहितको बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बैठकमा चालु आर्थिक वर्षमा सरकारले गरेका कामहरुको समीक्षा बैठकमा गरिने बताइएको छ ।
बैठकमा सरकारको काम प्रभावकारी हुन नसक्नुका कारण, जनतामा बढ्दै गएको निराशा लगायतका विषयमा पनि छलफल हुने प्रधानमन्त्रीको सचिवालयको भनाई रहेको छ ।
साझा अर्थ संवाददाता