पात्रो

रेडियो

समाचार खोजी

एलेक्जेन्डरले बनाए राष्ट्रिय कीर्तिमान

साझा अर्थ संवाददाता १५ साउन २०८१, मङ्गलवार

काठमाडौँ : नेपाली पौडीबाज एलेक्जेन्डर शाहले पेरिस ओलम्पिक-२०२४ को पुरुष एक सय मिटर फ्रिस्टाइलमा आज नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।
फ्रान्सको पेरिस ला डिफेन्स एरिनामा भएको खेलमा निर्धारित दूरी ५१.९१ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको ५२.१७ सेकेन्डको कीर्तिमानमा सुधार गरेका हुन् । आज पुरुष एक सय मिटर फ्रि-स्टाइलमा उनले प्रतिस्पर्धा गरेका आठ खेलाडीले प्रतिस्पर्धा गरेको हिट ३ मा उनले ५१.९१ सकेन्डको समय निकालेका हुन् । उनी हिट ३ मा तेस्रो भएका हुन् । सोही स्पर्धामा जम्मा ७९ खेलाडीले भाग लिएका थिए । जसमा एलेक्जेन्डर ५९औँ स्थानमा रहे ।
एलेक्जेन्डरसँगै ओलम्पिकमा टेबलटेनिसका श्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीकी डुवाना लामा र जुडोकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाटै बाहिरिएका छन् ।

242 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ