पात्रो

रेडियो

समाचार खोजी

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको  अनुमति

साझा अर्थ संवाददाता ४ कार्तिक २०८१, आइतवार

पोखराः पूर्व गृहमन्त्री एवं सांसद रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री एवं सांसद लामीछानेलाई कास्कि जिल्ला अदालतले ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । 
आज अदालतमा भएको थुनछेक बहस पछि अदालतले सो आदेश दिएको अदालत स्रोतले जानकारी दिएको छ । 
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा लामिछाने शुक्रवार पक्राउ पर्नुभएको थियो । पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत कास्कीमा आज पेश गरिएको थियो ।
रास्वपाका अध्यक्ष समेत रहेका लामिछानेलाई पक्राउ गरिएपछि रास्वपा समर्थकले पक्राउको विरोधमा पोखरामा प्रदर्शन गरेका थिए  । यस्तै सहकारी पीडितहरुले पनि प्रदर्शन गरेका थिए । दोहोरो भिडन्तको आसंकाले कास्कि प्रशासनले पोखरा महानगरपालिकाका केही भागमा निषेधाज्ञा जारी गरेको थियो । 
निषेधाज्ञा तोडेर नाराबाजी गर्ने क्रममा रास्वपाका कार्यकर्ताको प्रहरीसँग समान्य धकेलाधकेल समेत भएको थियो ।

247 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता