पोखराः जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराका केही क्षेत्रहरुमा झडप हुनसक्ने आसंका गर्दै निषेधाज्ञा जारी गरेको छ । रास्वपा अध्यक्ष रवि लामीछाने लाई पक्राउ गरिएको विरोधमा रास्वपा कार्यकर्ताहरु प्रदर्शनमा उत्रीएको सन्दर्भमा झडप हुनसक्ने आसंका गर्दै जिल्ला प्रशासनले पोखराका केही क्षेत्रहरुमा निषेधाज्ञा जारी गरेको हो ।
आज विहान पौने १२ बजे देखि अर्को आदेश जारी नभएसम्मकालागि पोखरा महानगरका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरि अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न रोक लगाईएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । निषेधाज्ञा जारी गरिएका क्षेत्रहरुमा पाँचजना भन्दा बढी भेलाहुन समेत रोक लगाइएको छ । निषेधाज्ञा जारी गरिएका स्थानमा शहिदचोक तथा गैह्रापाटनआसपास क्षेत्रहरु रहेका छन् । रास्वपाका कार्यकर्ता प्रदर्शनमा उत्रिएसँगै सहकारी पीडितहरुले पनि प्रदर्शन गर्ने भएपछि दोहोरो झडपहुने सम्भावनालाई दृष्टीगत गर्दै प्रशासनले निषेधाज्ञा जारी गरेको बताइएको छ ।
साझा अर्थ संवाददाता