नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रकर्ड कायम गरेको छ । बुधबार तोलाको १३ सयले बढेको सुनको मूल्य आज पनि ६ सय रुपैयाँले बढेको छ ।
यो वृद्धिसँगै सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँ कायम भएको नेछ । यो मूल्य हालसम्मकै उच्च हो ।
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
साझा अर्थ संवाददाता