पात्रो

रेडियो

समाचार खोजी

विपद्पछिको पुनःनिर्माणको काम छिट्टै अघि बढ्ने

साझा अर्थ संवाददाता ३० असोज २०८१, बुधवार

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् पछिको पूनर्निर्माण छिटै अघिबढ्ने बताउनु भएको छ । प्राकृतिक विपत्तिका कारण खोटाङमा भएको क्षति र पुनःनिर्माणबारे आज प्रधानमन्त्री निवास, बालुवाटारमा जिल्लाको सर्वदलीय प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुुझ्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो । 
 प्रधानमन्त्री ओलीले हालैको बाढीपहिरो र डुुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ तत्काल पुनःनिर्माण र पुनःव्यवस्थापनको काम अघि बढाउने उक्त अवसरमा बताउनुभयो । बिहीबार बस्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् र मन्त्रिपरिषद्को बैठकबाट प्रारम्भिक राहत तथा अस्थायी आवास र पुल निर्माणबारे निणर्य गरिने उहाँको भनाई थियो ।  बाढी र पहिरोका कारण काठमाडौँ जोड्ने विभिन्न सडक अवरुद्ध भएकामा सोचेभन्दा छिटो गतिमा काम गरेर अस्थायीरुपमा सडक सञ्चालन गर्ने काम भएको उहाँले बताउनुभयो । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेलसमेत सहभागी रहेको सो भेटघाट कार्यक्रममा सांसदहरु रामकुमार राई, सरस्वती बजिमय, कोशी प्रदेश सांसदहरु  लगायत स्थानीय तहका जनप्रतिनिधिहरुको उपस्थिति रहेको प्रधामन्त्रीको निजी सचिवालयले जनाएको छ ।

138 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता