नेपाल आयल निगमले ३० असोजदेखि लागू हुने गरी प्रतिलिटर पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मट्टीतेलमा चार रुपैयाँ मूल्य बढाएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट १५ अक्टोबर (२९ असोज)मा प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्य समायोजन गरिएको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक सय ५९ पुगेको छ । डिजेल र मट्टीतेलको मूल्य बढेर एक सय ५१ पुगेको छ । यो काठमाडौं, पोखरा र दिपायलका लागि तोकिएको नयाँ खुद्रा बिक्री मूल्य हो ।
हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने फेरबदल गरिएको छैन ।
साझा अर्थ संवाददाता