पात्रो

रेडियो

समाचार खोजी

कीर्तिपुरमा एमालेको केन्द्रीय कार्यालय शिलान्यास

साझा अर्थ संवाददाता २५ असोज २०८१, शुक्रवार

काठमाडौँ :  प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका वडा नम्बर दुईको, मैत्रीनगरमा निर्माण हुने  पार्टी केन्द्रीय कार्यालयको शिलान्यास गर्नुृ भएको छ । 
उद्यमी मीनबहादुर र सावित्री गुरुङले प्रदान गर्नुभएको १० रोपनी १४ आना जग्गामा  भवन निर्माण हुने एमालेका महासचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो । हालको पार्टी कार्यालयमा बाढीबाट क्षति भएपछि मैत्रीनगरमा नयाँ भवन निर्माण हुन लागेकोे हो ।
यसैबीच, व्यवसायी गुरुङले आफूले अन्य राजनीतिक दललाई पनि सहयोग गर्दै आएको र  एमालेलाई पनि मद्दत गरेको बताउनुभयो । एक वर्षभित्र भवन निर्माण गर्ने  उहाँले बताउनुभयो ।

232 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता