पात्रो

रेडियो

समाचार खोजी

नेपाल–भारत मानव विकास एवं मैत्री सङ्घद्वारा राहत सामग्री सहयोग

साझा अर्थ संवाददाता २२ असोज २०८१, मङ्गलवार

काठमाडौँ: नेपाल–भारत मानव विकास एवं मैत्री सङ्घले अविरल वर्षाबाट प्रभावित काभ्रेको नमोबुद्ध नगरपालिकाका पीडित परिवारलाई राहत सामग्री सहयोग गरेको छ ।

सङ्घले आज खाद्यान्न, टेन्ट, साबुन, जीवनजललगायत सामग्री नमोबुद्ध नगरपालिकाका प्रमुखलाई हस्तान्तरण गरेको जनाएको छ । उक्त सामग्री हस्तान्तरणमा संस्थाका अध्यक्ष एवं पदाधिकारी र काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुखको उपस्थिति रहेको थियो ।

देशमा आइपरेको विपत् एवं अन्य बेलामा संस्थाले विभिन्न क्षेत्रमा सहयोग पु-याउँदै आएको सङ्घका अध्यक्ष सूर्यप्रसाद भुसालले बताउनुभयो । भविष्यमा पनि सहयोग गर्ने प्रतिबद्धता गर्दै उहाँले विपद्मा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जलि अपर्ण गर्नुभयो । उहाँले घाइतेहरुको शीघ्र स्वास्थयलाभको कामना गर्नुभएको छ ।

177 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता