पात्रो

रेडियो

समाचार खोजी

प्रधानमन्त्री उद्धार कोषमा पाँच लाख

साझा अर्थ संवाददाता १८ असोज २०८१, शुक्रवार

काठमाडौँ: नेशनल क्रिएटिभ कोएजुकेशनल स्कूल (एनसिसीएस) समूहले हालैको बाढीपहिरो र डुबान प्रभावितको सहयोगार्थ  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख छ हजार पाँच सय ५० प्रदान गरेको छ ।

एनसिसीएस र समूहमा आबद्ध शिक्षक तथा कर्मचारीका तर्फबाट उक्त रकम कोषमा दाखिला गरिएको समूहका निर्देशक सन्तोषराज मास्केले बताउनुभयो । 

साथै उहाँले देश दैवी विपत्तिमा परेका बेला विगतमा पनि समूहले सहयोग गरेको उहाँले स्मरण गर्नुभयो । मुलुकको शैक्षिक उन्न्नयन तथा दक्ष जनशक्ति उत्पादनमा समूहका शैक्षिक प्रतिष्ठानले सक्दो योगदान गर्दै आएको उहाँले बताउनुभयो ।

286 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता