काठमाडौ : पूर्वीनाका काँकडभिट्टाबाट कोदोको आयात अघिल्लो वर्षका तुलनामा बढेको छ । स्थानीय स्तरमा कोदोको उत्पादन घट्दै जाँदा आयात बढेको हो ।
२०८०/८१ मा रु ८५ करोड ४२ लाख ५६ हजार मूल्य बराबरको १७ हजार सात सय ९७ मेट्रिक टन कोदो भारतबाट आयात भएको प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाको तथ्याङ्क छ । कार्यलायका अनुसार आव २०७९/८० मा रु ५१ करोड ३१ लाख २० हजार मूल्य बराबरको १६ हजार ३५ मेट्रिक टन कोदो भारतबाट आयात भएको थियो ।
युवाहरुको विदेश पलायनका कारण जनशक्तिमा कमी भई खेतबारी बाँझा रहँदा उत्पादनमा भारी गिरावट आएको स्थानीयहरुको भनाई रहेको छ ।
साझा अर्थ संवाददाता