पात्रो

रेडियो

समाचार खोजी

सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेर १ लाख ५५ हजार ६०० रुपैयाँ कायम

साझा अर्थ संवाददाता ३ असोज २०८१, बिहिवार

केहि दिनदेखि  निरन्तर बढेर नयाँ उचाई कायम गर्दै आएको  सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेर १ लाख ५५ हजार ६०० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ४०० रुपैयाँ थियो । यसैगरी, आज चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ८० रुपैयाँ कायम भएको छ ।

यसैगरी,नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३३ हजार ४०० रुपैयाँ कायम भएको  छ । त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६१२  रुपैयाँ कायम भएको छ ।

171 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ