काठमाडौंः एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । आइपीओ बाँडफाँट शुक्रवार सम्पन्न भएको हो ।
कम्पनीको आईपीओ बाँडफाँट शुक्रवार विहान सकम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडको कार्यालयमा सम्पन्न भएको विक्री प्रबन्धककले जनाएको छ । कम्पनीले गत चैत २६ गतेदेखि बैंशाख २ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ करोड ८० लाख २० हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ८० हजार २०० कित्ता साधारण शेयर सर्वसाधारण शेयरधनीहरुका लागि विक्री खुल्ला गरेको थियो । गोला प्रथाबाट गरिएको आइपीओ बाँडफाँटमा ७८ हजार २० जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेको विक्री प्रबन्धकको भनाई रहेको छ ।