श्रावण,६, काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीेले आज प्रतिनिधिसभामा विश्वासको मत लिनु हुँदै छ । संबैधानिक प्रावधान अनुसार आज एक बजे बस्ने प्रतिनिधिसभामाको बैठकमा उहाँले विश्वासको मत लिनु हुने भएको हो ।
संविधान अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थन मा नियुक्त प्रधानमन्त्री ले आफूू नियुक्ति भएको ३० दिन भित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनु पर्दछ । ओली नेपाली काँग्रेस सहितको समर्थनमा असार ३० गते प्रधानमन्त्री बन्नु भएको थियो ।
साझा अर्थ संवाददाता