पात्रो

रेडियो

समाचार खोजी

भीमेश्वर शिलामा पसिना

साझा अर्थ संवाददाता ५ साउन २०८१, शनिवार

दोलखाः भीमेश्वर नगरपालिका वडा नम्बर दुईमा रहेको ऐतिहासिक शहर दोलखामा अवस्थित प्रशिद्ध भीमेश्वर मन्दिरको भीमेश्वर शिलामा पसिना आएको छ । शनिवार दुई पटक शिलामा पसिना आएको हो । 
पहिलो पटक १ः४७ बजे मन्दिरका टहलुवा काशी नारायण श्रेष्ठले  भीमेश्वर शिलामा पसिना आएको देख्नु भएको थियो ।  १ः४७ बजे देखि करिब ३ः५० बजेसम्म निरन्तर शिलाको बायाँ भागबाट पसिना आएको  भीमेश्वर गुठी तथा पूजा ब्यवस्थापन समितिले जानकारी दिएको छ । ३ः ५० बजे पछी केही समय रोकिई ४ बजेर ५ मिनेट देखि करिब ४ः १५ बजेसम्म शिलाको शीरो भागबाट पसिना आएको थियो । 
भीमेश्वरको बायाँ भागबाट पसिना आउनुलाई सर्वसाधारणमा कष्ट हुने संकेतको रुपमा लिइन्छ । यो पटक शिरोभागबाट समेत पसिना आएको छ । यस्को संकेत केहो प्रष्ट भन्न नसकिने स्थानीयहरुको भनाई रहेको  छ ।

221 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ