काठमाडौंः धनगढी उप-महानगरपालिका वडा नम्बर अठार को नुक्लीपुर दक्षिण मोहना नदीमा फेसेका पाँच जनाको उद्धार गरिएको छ । बाढीका कारण उक्त नदीमा फसेकाहरुको नगरका नगरप्रहरीहरुद्वारा शुक्रवार उद्धार गरिएको हो ।
नगर प्रमुख गोपाल हमालले आफ्नो सामाजिक सञ्जाल मार्फत मोहना नदीमा बाढिका कारण फसेका चार जना महिला तथा एक जना पुरुसको उद्धार गरिएको जानकारी दिनुभएको छ । नगर उप-प्रमुख कन्दकला रानाको उपस्थितिमा बाढीमा फसेका हरुको उद्धार गरिएको नगर प्रमुख हमालले उल्लेख गर्नु भएको छ । उद्धार गर्दाका अवस्थाका तस्विरहरु समेत मेयर हमालले सामाजिक सञ्जालमा पोष्ट गर्नु भएको छ ।
तस्विर साभारः मेयर हमालको सामाजिक सञ्जालबाट,




साझा अर्थ संवाददाता