पात्रो

रेडियो

समाचार खोजी

डिजल र मट्टीतेलको मुल्य बढ्यो

साझा अर्थ संवाददाता १८ माघ २०८२, आइतवार

काठमाडौँ : नेपाल आयल निगमले इन्धनको मुल्य बढाएको छ ।

निगमले शनिबार राति १२ बजेदेखि लागु हुने गरि डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँले बढाएको छ । निगमले भारतबाट पेट्रोलमा प्रतिलिटर ०.१२ रुपैयाँ र डिजल तथा मट्टीतेलमा ४.६६ रुपैयाँले बढेर आएको जानकारी दिएको छ ।   

त्यस्तै निगमले हवाई इन्धनको आन्तरिकतर्फ प्रति लिटर १ घटाएको छ भने अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रति किलो लिटरमा ७ अमेरिकी डलर घटेको छ भने पोखरा र भैरहवामा ब्रेक इभन प्वाइन्टमा बिक्री मुल्य कायम राखेको निगमले जनाएको छ ।

त्यस्तै निगमले ग्याँसमा प्रति सिलिण्डर ४५.४९ रुपैयाँ बढेर आएपनि मुल्य यथावत राखेको निगमले जनाएको छ ।  

मुल्य परिवर्तनपछि काठमाडौँमा डिजेल-मट्टीतेल प्रति लिटर १३९ भएको निगमले जनाएको छ ।

135 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ