पात्रो

रेडियो

समाचार खोजी

टेरामक्स भ्रष्टाचार प्रकरणमा विज्ञ समुह गठन गर्न विशेष अदालतको आदेश

साझा अर्थ संवाददाता १४ माघ २०८२, बुधवार

काठमाडौँ : नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १९ जनाविरुद्ध टेरामक्स भ्रष्टाचार प्रकरणमा विशेष अदालतले प्राविधिक परीक्षणका लागि विज्ञ समूह गठन गरेको छ । 

मंगलबार न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले खरिद सम्झौता अनुसार उपकरण जडित भएको वा नभएको परीक्षण गर्न विज्ञ समुह गठन गर्ने आदेश दिएको हो ।

विशेष अदालतले परीक्षणका लागि गठन हुने विज्ञ समूहमा नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ इन्जिनियर, त्रिभुवन विश्वविद्यालय पुल्चोक इन्जिनियरिङ क्याम्पसका टेलिकम्युनिकेसन एन्ड इलेक्ट्रोनिक विषय विज्ञ प्राध्यापक र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का विषय विज्ञ हुने आदेश दिएको छ ।

अधिकारिहरूले बताएअनुसार यो समूहले प्राविधिक परीक्षण पुरा गरी अदालतलाई प्रतिवेदन पेश गरेपछि विशेष अदालतले टेरामक्स प्रकरणमा निर्णय दिने भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणमा ३ अर्ब २१ करोडभन्दा बढी भ्रष्टाचार गरेको भन्दै पूर्वमन्त्री एव् कांग्रेसका नेता बस्नेतसहित १९ जनाविरुद्ध गत जेठ २ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । गत असार १५ गते  थुनछेक बहसका क्रममा विशेष अदालतले २५ लाख धरौटीमा छोड्न आदेश दिएपछि बस्नेत हाल थुनामुक्त रहेका छन् ।

91 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ