पात्रो

रेडियो

समाचार खोजी

नेपाली काँग्रेसले गगन थापालाई भावी प्रधान मन्त्रीको उमेद्वार घोषणा गर्ने

साझा अर्थ संवाददाता ८ माघ २०८२, बिहिवार

काठमाडौैः नेपाली काँग्रेसले नवनिर्वाचित सभापति गगन कुमार थापालाई भावी प्रधान मन्त्रीको उमेद्वार घोषणा गर्ने भएको छ । शुक्रवार बस्ने केन्द्रीय समिति बैठकले थापालाई भावि प्रधानमन्त्रीको उमेद्वार घोषणा गर्ने भएको हो । 
विशेष महाधिवेशन पछि शुक्रवार दिउँसे पाटीको केन्द्रीय कार्यालय सानेपालमा बस्ने बैठकले सभापति थापालाई भावि प्रधानमन्त्रीको उमेद्वार घोषणा गर्ने तयारी गरेको काँग्रेस सम्बद्ध स्रोतले जानकारी दिएको छ । थापाले सर्लाही क्षेत्र नम्बर चारबाट प्रतिनिधि सभा सदस्यका लागि उमेद्वारी दिनु भएको छ । 
विशेष अधिवेशन पछि देउवा समूहका युवाहरुले केही दिन नियन्त्रणमा लिएको केन्द्रीय कार्यालय सानेपामा पहिलो पटक नव निर्वाचित केन्द्रीय समितिको बैठक बस्दै छ । यस अघिका बैठकहरु होटलमा आयोजना गरिएको थियो । सर्वोच्च अदालतबाट पनि देउवाका पक्षमा अन्तरिम आदेश नआएपछि अहिले देउवा समूहका युवाहरुले केन्द्रीय कार्यालय छोडी सकेका छन् ।

123 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ