पात्रो

रेडियो

समाचार खोजी

प्रतिनिधि सभा निर्वाचन: आज उम्मेदवारको नामावली सार्बजनिक हुदै

साझा अर्थ संवाददाता ८ माघ २०८२, बिहिवार

काठमाडौँ : फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत आज उम्मेदारको नामावाली सार्बजनिक हुने तालिका रहेको छ ।

बुधबार उम्मेदवारविरुद्ध परेका उजुरीमाथि छानबिन गरेर आज बेलुका ५ बजेदेखि ७ बजेसम्ममा उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

त्यस्तै माघ ९ गते विहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जानकारी दिएको छ ।

मंगलबार भएको मनोनयन दर्तामा देशका १६५ निर्वाचन क्षेत्रमा ३४८६ उम्मेदवारी दर्ता भएको थियो ।  निर्वाचन आयोगका अनुसार कूल ३४८६ उम्मेदवारीमध्ये ३०८९ पुरुष, ३९६ महिला तथा अन्य १ जना रहेका छन् ।

 

143 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ