पात्रो

रेडियो

समाचार खोजी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी  दोलखाबाट प्रतिनिधिसभा सदस्य उमेद्वार

साझा अर्थ संवाददाता ६ माघ २०८२, मङ्गलवार

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले दोलखाबाट प्रतिनिधि सभा उम्मेदवारका लागि टिकट पाएका छन् । 
कांग्रेसले उनलाई फागुन २१ गते हुने निर्वाचनका लागि टिकट दिएको हो । उनी २०७८ सालमा पहिलो पटक केन्द्रीय सदस्य भएका थिए । 
उनी गत पुस २७ देखि ३० गतेसम्म भएको पार्टीको दोस्रो विशेष महाधिवेशनबाट पनि उनी केन्द्रीय सदस्य निर्वाचित भएका थिए । 
उनी पत्रकारिताबाट राजनीतिमा होमिएर सफलता हासिल गरेका हुन् । उनी नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनका पूर्व महासचिव हुन् ।

206 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ