पात्रो

रेडियो

समाचार खोजी

बत्तीसपुतलीमा शुरु भयो काँग्रेसको शेखर पक्षको भेला

साझा अर्थ संवाददाता ४ माघ २०८२, आइतवार

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षको भेला काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमामा सुरू भएको छ ।

केहीबेरअघि सुरु भएको भेलामा गगन थापा नेतृत्वको नेपाली काँग्रेसले आधिकारिकता पाएपछि आफ्नो पक्षको रणनीति तय गर्न भेला बसिरहेको हो । 

कोइराला पक्ष आज देउवा पक्षसँग सर्वोच्च अदालत समेत नगएपछि अब गगन थापा पक्षसँगै सहकार्य गरेर निर्वाचनमा जाने संकेत गरेका छन् ।

कोइराला पक्षका धेरै नेताहरु काँग्रेसको झण्डा र चुनाव चिन्ह रुख हुने ठाउमै जानुपर्ने  पक्षमा रहेका छन् र कैयौं जिल्ला र केन्द्र स्तरका नेताहरु गगन पक्षमा खुलिसकेका छन् ।

फागुन २१ को चुनावका लागि माघ ६ गते उम्मेदवारी दर्ताको तालिका रहेकाले कोइराला पक्षले आज निर्णय गरेर अगाडी बढ्ने बताइएको छ । अर्कोतर्फ शेरबहादुर पक्षले भने आजै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ, जसको पेसी मंगलबारका लागि तोकिएको छ ।

166 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ