पात्रो

रेडियो

समाचार खोजी

नेपाली काँग्रेसको पदाधिकारी विवरण अद्यावधिक गर्न निवेदन

साझा अर्थ संवाददाता १ माघ २०८२, बिहिवार

काठमाडौंः नेपाली काग्रेसको पदाधिकारी विवरण अद्यावधिक गर्न नेपाली निर्वाचन आयोगमा निवेदन दिइएको छ । विहिवार विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापाको नेतृत्वमा गएको टोलिले विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको हो । 
विहिवार नवनिर्वाचित सभापति गगन थापा नेतृत्वमा  काँग्रेस पदाधिकारीटोलीले कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई विवरण अद्यावधिक गर्न आग्रह गर्दै आवश्यक कागजात सहित आवेदन बुझाएको हो । 
कार्यवाहक निर्वाचन आयुक्तसँगको भेटमा सभापति थापाले पार्टीको विवरण सिघ्र अध्यावधिक गर्न आग्रह गर्नु भएको थियो । 
यस अघि बसेको नवनिर्वाचित केन्द्रीय समितिको बैठकले देवराज चालिसेलाई पार्टी प्रबक्तामा चयन गरेको थियो । 
नेपाली काँग्रेस देउवा समूहले भने विशेष महाधिवेशन अबैध घोषित गर्दै बुधबार महामन्त्रीहरु गगन थापा र विश्वप्रकास शर्मा तथा सहमहामन्त्री फर्मुल्लाह मन्सुर लाई पार्टी सदस्यबाट हटाएको थियो ।

106 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ