एनसेलका सबै ग्राहकहरुले अब मजाले टिकटक लगाउन सक्छन् । एनसेलले शुक्रबार (भाद्र २१)बाट टिकटक प्याक संचालनमा ल्याएको छ र साथै सबै सधैं अनका प्याकहरुमा सामाजिक सञ्जाल चलाउनका लागि पाइने निःशुल्क डेटामा टिकटक पनि समावेश गरेको छ ।
सरकारबाट टिकटकको प्रयोग/पहुँचमा लगाईएको रोक हटेसँगै एनसेलले प्रदान गर्दै आएको सधैं अनका सबै प्याकहरुमा निःशुल्क पाइने सोसल मिडिया डेटामा पनि टिकटक थपिएको हो । यसको मतलब अब सधैं अन प्याकहरुमा ग्राहकले फेसबुक, इन्स्टाग्राम र युट्युबका साथसाथै टिकटक पनि निःशुल्क रुपमा आउने डेटाबाट चलाउन पाउँछन् ।
‘नेपालमा औद्यी मन पराइएको सामाजिक सञ्चाल टिकटकमा लगाईएको रोक हटाईनु दूरसञ्चार क्षेत्र र ग्राहकहरु सबैका लागि स्वागत योग्य छ र यसका लागि हामी नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई धन्यवाद दिन चाहन्छौं,’ एनसेलका चिफ कमर्शीयल अफिसर उमेर मोहसीनले भने- ‘हामीले आजैबाट लागु हुने गरी सुलभ दरमा टिकटकमा पहुँच दिने टिकटक प्याक ल्याएका छौं र साथै सधैं अन प्याकका सोसल मिडिया डेटामा टिकटक पनि समेटेका छौं। यसले हाम्रा ग्राहकवर्गलाई टिकटकको पहुँच अझै सहज हुने विश्वास लिएका छौं ।’
एनसेलले सधैं अन योजना अन्तर्गत बेसिक, बेस्ट र अनलिमिटेड गरि तीन प्रकारका प्याकहरु प्रदान गर्दै आएको छ । बेसिकमा सात दिन समयसीमा रहेको सधैं अन प्याकमा ग्राहकहरुले अन्य बन्डल सेवाहरु बाहेका १ जीबी निःशुल्क सोसल मिडिया प्याक पाउँदै आएका छन् ।
त्यस्तैगरी, सधैं अनको २८ दिने बेस्ट अन्तर्गतका प्याकहरुमा प्याक अनुसार ४ जीबी, ५ जीबी र ६ जीबी निःशुल्क सोसल मिडिया डेटा पाउँदै आएका छन् । सधैं अन अनलिमिटेड प्याकहरु अन्तर्गत २८ दिन समयसीमा भएको ८ जीबी, १० जीबी र १५ जीबी निःशुल्क सोसल मिडिया डेटा पाइन्छ । यसरी पाइने निःशुल्क सोसल मिडिया डेटाबाट अब टिकटक पनि प्रयोग गर्न सकिन्छ ।
साझा अर्थ संवाददाता